बाटो खन्दा डोजरले महिलालाई उधिनेर फाल्ने चालक पक्राउ (भिडियो सहित)

बाटो खन्दा डोजरले महिलालाई उधिनेर फाल्ने चालक पक्राउ (भिडियो सहित)

dozar atanka

बैतडीको दशरथचन्द नगरपालिका ग्वालेककी एक महिलालाई बाटो खन्ने क्रममा डोजर प्रयोग गरी उधिनेर फाल्ने चालक पक्राउ परेका छन्। डोजर आतंकबाट ग्वालेककी गौरी जोशी गम्भीर घाइते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।

जग्गा विवाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए। तर त्यस अगाबै डोजरले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका थिए। सोही क्रममा डोज चालक बोहराले अवरोध गर्न आएकी जोशीलाई डोजरले उधिनेर फालेका थिए। घाइते भएका जोशीसहित ७ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको नेपाल लाइभ डटकमले जनाएको छ ।

डोजर आतंकको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। चालकको चौतर्फी आलोचना गर्दै कारबाहीको माग गरिएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले यो हेर्नै नसकिने दश्य भन्दै ट्वीट गरेका छन्। ‘मान्छेलाई डोजरले हाक्काहाक्की पेल्ने त अपराधिक मानसिकताको पराकाष्ठै भयो! दूर्गम भेगका जनता र झन् महिलालाई मान्छै नगन्ने कस्तो प्रवृत्ति? यस्तो प्रवृत्ति सहन गर्नु पनि अपराध हैन र? कहाँ छ सरकार? तुरून्त अपराधीलाई कठघरामा उभ्याइयोस्! निमुखा जनताको सुरक्षा होस्।’

(एभिन्युज टेलिभिजनको युट्युब च्यानलमा प्रशारित भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds