गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका ग्वालेककी एक महिलालाई बाटो खन्ने क्रममा डोजर प्रयोग गरी उधिनेर फाल्ने चालक पक्राउ परेका छन्। डोजर आतंकबाट ग्वालेककी गौरी जोशी गम्भीर घाइते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।
जग्गा विवाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए। तर त्यस अगाबै डोजरले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका थिए। सोही क्रममा डोज चालक बोहराले अवरोध गर्न आएकी जोशीलाई डोजरले उधिनेर फालेका थिए। घाइते भएका जोशीसहित ७ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको नेपाल लाइभ डटकमले जनाएको छ ।
डोजर आतंकको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। चालकको चौतर्फी आलोचना गर्दै कारबाहीको माग गरिएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले यो हेर्नै नसकिने दश्य भन्दै ट्वीट गरेका छन्। ‘मान्छेलाई डोजरले हाक्काहाक्की पेल्ने त अपराधिक मानसिकताको पराकाष्ठै भयो! दूर्गम भेगका जनता र झन् महिलालाई मान्छै नगन्ने कस्तो प्रवृत्ति? यस्तो प्रवृत्ति सहन गर्नु पनि अपराध हैन र? कहाँ छ सरकार? तुरून्त अपराधीलाई कठघरामा उभ्याइयोस्! निमुखा जनताको सुरक्षा होस्।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार