जाजरकोट– नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सत्तारुढ दल नेकपाका कार्यकर्तामाथि आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका जाजरकोट नेकपाका सहइन्चार्ज निरज आचार्य, डम्बरबहादुर सिंह अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेत लगायत ४ जनामाथि विप्लव नेतृत्वका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बारेकोटमा प्रवेश गर्न नदिने भन्दै आज विहान नेकपाका नेताहरुमाथि आक्रमण भएको बताए । सत्तारुढ नेकपाका नेताहरु पार्टीले तय गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि बुधबार विहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको लैखमको रापानी भिरमा आक्रमण भएको हो । आक्रमणबाट नेता आचार्य र सिंहलाई चोट लागेको छ ।
आक्रमणबाट घाइते भएका नेता सिंहका अनुसार बाटो कुरेर बसेका विप्लका कार्यकर्ताले अवरोध सिर्जना गर्दै आक्रमण गरेका हुन् । ‘लाठी बोकेर बसेका विप्लवका कार्यकर्ताले बारेकोटमा प्रवेश गर्न दिँदैनौ भन्दै आक्रमण गरे’ नेता सिंहले भने,‘निकै अफ्टेरो स्थानमा उनीहरुले हामीमाथि आक्रण गरे, लाठीले हान्ने र भीरबाट ढुंगा गुल्टाउने काम गरे । त्यहाँ प्रतिवाद गर्ने अवस्था थिएन, उनीहरुले हामीलाई गाउँमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी पनि दिए ।’आफूहरु बारेकोटको लिम्सामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेको बताए ।आक्रमणमा परेका नेकपाका नेतालाई प्रहरीले उद्धार गरेको जनाएको छ ।विप्लव कार्यकर्ताले गरे नेकपा नेतामाथि आक्रमण, गाउँ पस्न नदिने चेतावनी
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ