जनकपुरमा गोली चल्दा मनोज साहको मृत्यु

जनकपुरमा गोली चल्दा मनोज साहको मृत्यु

धनुषा। जनकपुरमा आज बिहान गोली प्रहारबाट एक युवकको हत्या भएको छ। स्थानीय ४० वर्षीय मनोज साहको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित शंकर चौधरीको घरमा बुधबार गोली चलेपछि प्रहरी घटनास्थल पुगेको थियो। गोलि हानेर स्थानीयको घरमा लुक्न गएका चौधरीलाई घर घेरा हालेर पक्राउ गर्न सफल भएको खनालले जनाएका छन। घटनास्थलबाट प्रहरीले दुई वटा पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको छ। ठेक्का पट्टामा संलग्न दुई जनाबीच लेनदेनको विषयमा मनमुटाव हुदाँ गोली चलेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ