पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले तिहार पर्वको अवसरमा राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । शान्ति सुरक्षाका हिसाबले राति १० बजेसम्मको लागि कास्कीमा देउसी, भैलो खेल्न आफुहरुको आव्हान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए ।
उनले भने- ‘प्रशासनिक हिसाबले हामीले राति १० बजेसम्मको लागि देउँसी, भैलो खेल्न आव्हान गरेकाछौं, यद्यपी कसैले राति अबेरसम्म देउँसी भैलो खेलेर कुनै घटना घट्यो भने त्यस वेला हामीले उनीहरु उपर याक्सनमा जान्छौं ।’
यदि कसैले पटका ओसार पोसार, बिक्रि वितरण र पट्काएको भेटेमा सार्वजनिक मुद्धासम्म चलाउने भएको उनले चेतावनी दिएका छन्। तिहार पर्वको अवसरमा कसैले अखाद्य पदार्थ विक्रि वितरण गरेको र कुनै अखाद्य पदार्थ मिसावट गरेको भेटेमा उनीहरु उपर तत्काल कारवाही प्रक्रिया अघि बढाउने भएको बताए ।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दशैं जस्तै तिहारमा पनि प्रहरीको विषेश टोली ठाउँ ठाउँमा खटिने हुँदा कानुनले बन्देज गरेका कुनै पनि क्रियाकलाप नगर्न चेतावनी दिएका छन्। यदि कसैले यात्राको क्रममा बढी भाडा लिने गरेको भेटिएमा प्रहरीलाई तत्काल खबर गर्न पनि उनले आग्रह गरे ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु