Gandak News
Our News Your Views
Lets

गण्डकी प्रदेशमा थपियो अर्को पर्यटकिय गन्तव्य, स्याङ्जा भ्यू प्वाईन्ट तथा उद्यान सञ्चालन

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान सञ्चालनमा आएको छ । बिहीबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भ्यूटावरको उद्घाटन गरे ।

मन्त्री लम्सालले स्याङ्जा जिल्लामा मात्र नभई गण्डकी प्रदेशमा एउटा पर्यटकीय गन्तव्य थपिएको चर्चा गरे । जिल्ला सदरमुकाम तथा राजमार्गको नजिकैको आकर्षक डाँडामा निर्माण गरिएको टावरले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन ठुलो मद्दत पुग्ने उनको भनाई छ । गण्डकी प्रदेश सरकारको पर्यटन बर्ष २०१९—२०२२ तथा नेपाल पर्यटन बर्ष २०२० लाई सफल पार्नको लागि यसको महत्वपुर्ण भुमीका रहने बताए ।

भ्यूटावर निर्माणको लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट २९ लाख १० हजार, पुतलीबजार नगरपालिकाबाट ३० लाख, जि.स.स.बाट ६ लाख ६५ हजार, जिल्ला वन कार्यलयबाट ३ लाख बिनियोजन भएको थियो भने जनसहभागिता १० लाख र स्थानिय मन्दिर संरक्षण समिति मार्फत ७ लाख रुपैयाका लागतमा निमार्ण भएको हो ।

अग्लो डाँडाका नामले समेत चिनिने यस ठाउँ बाईसे चौबिसे राजाहरुको बेसीमा सएल गर्ने दरबार यस डाँडामा पर्ने तथा राजारानीहरुले जाडोको समयमा गुडी खोलामा नुहाएर घामताप्दै आनन्द लिने तथा शुरक्षको लागि चौरसियाहरु यहाँ आएर पहरा दिन्थे भन्ने किमदन्ती छ ।

आकार्षक टावरमा रातिमा झिलिमिली थरीथरीका बिद्युतिय लाईटहरु र पानीका फोहराहरुले थप अकर्षक बढाएको छ । यहाँ बाट पुतलीबजार देखि सुन्दर नमुना गाउँहरु, सुन्दर डाँडाकाडा, फाटहरु र नालीपरेर बगेको खोला,दर्जनौंटाकुरा र हिमश्रंखला देख्न सकिन्छ ।

जाडोमा घाम ताप्न, पिकनिक जान, घुम्न तथा हाईकिङका लागि उपयुक्त गन्तव्य स्याङजा भ्यूटावर हुने देखिन्छ । गर्मीमा चिसो मौसम हुने भएकोले शितल हावाका लागि समेत उक्त स्थान उपयुक्त गन्तब्य मानिएको छ ।

सोही अवसरमा प्रदेश सभाका सांसदहरु मिन प्रसाद गुरुङ, दिपक चर्ती मगर, जिल्ला समन्वय समितिका सभापति सिता सुन्दास, पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्री, डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले, पर्यटन व्यवसायी अनन्त कुमार श्रेष्ठ लगाएतले भ्यूटावरले जिल्लाको पर्यटनमा ईट्टा थप्ने काम गरेको बताए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको