पोखराज् टप मोडलको उपाधि कञ्चनलाई

पोखराज् टप मोडलको उपाधि कञ्चनलाई

pokahara top model

पोखरा । पहिलो संस्करणको पोखराज् टप मोडलको उपाधि कञ्चन भुजेलले जितेकी छन् । कनेक्ट टु इभेन्ट्सको आयोजनामा रबि महलमा शनिबार भएको ग्राण्ड फिनालेमा ८ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा सीता पौडेल फस्ट रनरअप बनिन् । अनुशा हर्मेल सेकेन्ड रनर अप हुन सफल भईन् । भ्युअर्स च्वाइसको उपाधि अस्मिता पौडेलले जितिन् । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटीका प्रशासकीय अधिकृत मोहन सिंह खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

कनेक्ट टु इभेन्ट्स को आयोजनामा भएको कार्यक्रममा विशाल गुरुङ, अमित बराल, अनिशा श्रेष्ठ, आशिष पुरी, मुस्कान रानी र रिजन रिजाल निर्णायक थिए । विजेताहरुले नगद रु १ लाख साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक कनेक्ट टु इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक मनिश ओस्तले जनाए ।

तस्बिर: अनुप गुरुङ, भोग स्टुडियो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ