आशिष पुरी, पोखरा । मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । अडिसन बिहिबार पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा सम्पन्न भएको हो । मिस्टर नेपालका लागि पोखरा अडिसनबाट तीन जना प्रतिस्पर्धी छनोट भए ।
अडिसनमा ७ जना सहभागी थिए । छनोट हुनेहरुमा जिरो किमिका अजित परियार, नयाँ गाउँका नविन रानाभाट र बुद्धचोकका निसान सुनार रहेका छन् । अडिसनमा पोखराका फेशन कोरियोग्राफर सुरज थापा, कार्यक्रम प्रस्तोता इनिषा दुरामगर र पोखराका संयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।
एक्स्पोज नेपालबाट आयोजना हुने ‘मिस्टर नेपाल २०१९’ प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको युवाहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिबृद्धि र क्षमता उजागर हुने मिस्टर नेपाल २०१९ संग सहकार्य गरेका एस टि क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।
यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । धनगडीबाट सुरु भएको अडिसन, इटहरी हुँदै, बिर्गुन्ज, चितवन, बुटवल र पोखरामा सम्पन्न भइसकेको छ । अब मङ्सिर १४ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।
नेपालका विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले काठमाडौंमा हुने मिस्टर नेपालको फाइनल आउँदो डिसेम्बर २६ ग्राण्ड फिनालेमा प्रतिस्पर्धामा भाग लिने र त्यहाँबाट पनि छानिएका एक जनाले विश्वका सबै मुलुकबाट छानिएर आएका प्रतिस्पर्धीहरुसँग अन्तराष्र्टिय स्तरमा प्रतिस्पर्धाका लागि मिस्टर वल्र्डमा सहभागिता जनाउने अवसर पाउनेछन् ।

पोखरा । मिस्टर नेपाल २०१९ को पोखरा अडिसन आँउदो कार्तिक २५ गते हुने भएको छ । आयोजक एक्स्पोज नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।
अडिसन पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रतियोगिताका पोखरा संयोजक आशिष पुरीले जानकारी दिए । प्रतियोगितामा १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
अडिसनका लागि रु एक हजार दर्ता शुल्क तोकिएको छ । कार्तिक २३ गतेदेखि प्रतियोगिताका अडिसनहरु काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, धनगढी, इटहरीलगायतका शहरहरुमा हुँदैछन् । पत्रकार सम्मेलनमा बोल्दै गएको संस्करणका विजेता विकल्पराज श्रेष्ठले प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नका लागि राम्रो अवसर बन्ने बताउँदै उनले अडिसनमा सहभागि हुन पोख्रेली युवाहरुलाई आह्वान गरेका छन् । प्रतियोगिताका विजेता र रनरअपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो