मिस्टर नेपालको पोखरा अडिसन कार्तिक २५ गते, सहभागी हुन पोख्रेली युवाहरुलाई आह्वान

मिस्टर नेपालको पोखरा अडिसन कार्तिक २५ गते, सहभागी हुन पोख्रेली युवाहरुलाई आह्वान

mr nepal (1)

आशिष पुरी, पोखरा । मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । अडिसन बिहिबार पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा सम्पन्न भएको हो । मिस्टर नेपालका लागि पोखरा अडिसनबाट तीन जना प्रतिस्पर्धी छनोट भए ।

अडिसनमा ७ जना सहभागी थिए । छनोट हुनेहरुमा जिरो किमिका अजित परियार, नयाँ गाउँका नविन रानाभाट र बुद्धचोकका निसान सुनार रहेका छन् । अडिसनमा पोखराका फेशन कोरियोग्राफर सुरज थापा,  कार्यक्रम प्रस्तोता इनिषा दुरामगर र पोखराका संयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।

एक्स्पोज नेपालबाट आयोजना हुने ‘मिस्टर नेपाल २०१९’ प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको युवाहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिबृद्धि र क्षमता उजागर हुने मिस्टर नेपाल २०१९ संग सहकार्य गरेका एस टि क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।

यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । धनगडीबाट सुरु भएको अडिसन, इटहरी हुँदै, बिर्गुन्ज, चितवन, बुटवल र पोखरामा सम्पन्न भइसकेको छ । अब मङ्सिर १४ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।

नेपालका विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले काठमाडौंमा हुने मिस्टर नेपालको फाइनल आउँदो डिसेम्बर २६ ग्राण्ड फिनालेमा प्रतिस्पर्धामा भाग लिने र त्यहाँबाट पनि छानिएका एक जनाले विश्वका सबै मुलुकबाट छानिएर आएका प्रतिस्पर्धीहरुसँग अन्तराष्र्टिय स्तरमा प्रतिस्पर्धाका लागि मिस्टर वल्र्डमा सहभागिता जनाउने अवसर पाउनेछन् ।

पोखरा । मिस्टर नेपाल २०१९ को पोखरा अडिसन आँउदो कार्तिक २५ गते हुने भएको छ । आयोजक एक्स्पोज नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।

अडिसन पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रतियोगिताका पोखरा संयोजक आशिष पुरीले जानकारी दिए । प्रतियोगितामा १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

अडिसनका लागि रु एक हजार दर्ता शुल्क तोकिएको छ । कार्तिक २३ गतेदेखि प्रतियोगिताका अडिसनहरु काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, धनगढी, इटहरीलगायतका शहरहरुमा हुँदैछन् । पत्रकार सम्मेलनमा बोल्दै गएको संस्करणका विजेता विकल्पराज श्रेष्ठले प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नका लागि राम्रो अवसर बन्ने बताउँदै उनले अडिसनमा सहभागि हुन पोख्रेली युवाहरुलाई आह्वान गरेका छन् । प्रतियोगिताका विजेता र रनरअपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ