एसके थकाली, जोमसोम । संस्कृति, पर्यटन तथा नागरिक उडड््यन मन्त्री योगेश भट्टराईले हिमालपारीको जिल्ला मुस्ताङको चराङमा एयरपोर्ट बन्नेमा आश्वस्त तुल्याएका छन् । लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङ पुगेका उनले त्यहाँ आयोजित प्रस्तावित चराङ विमानस्थलको निरीक्षणका क्रममा उक्त कुरा बताएका हुन् । सोमबार काठमाण्डौबाट हेलिकप्टर मार्फत पोखरा हुँदै उपल्लो मुस्ताङको चराङ पुगेका मन्त्री भट्टराईले संसारका अग्ला÷अग्ला स्थानमा समेत विमानस्थल निर्माण भएको उल्लेख गरे ।
मन्त्री भट्टराईले चराङमा पनि विमानस्थल निर्माण गर्न कुनै चिजले बाधा नपु¥याउने स्पष्ट पारे । चराङमा विमान स्थल निर्माण गर्न एक बर्षअघि सरकारले प्रारम्भिक सर्भे गरिसकेको र अब छिट्टै प्राविधिक टोली पठाएर चराङ विमानस्थलको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने स्थानीयबासीलाई आश्वस्त पारे । समुन्द्री सतह देखि ५ हजार मिटर अग्लो तिब्बतको कैलाश मानसरोबर जस्ता स्थानमा बिमानस्थल निर्माण भएको र नेपालकै पनि स्यावोचे र लुक्लामा बिमानस्थल निर्माण भई सेवा प्रभाव भईरहेको मन्त्री भट्टराईले उदाहरण पेश गरे ।
मन्त्री भट्टराईले बिमानस्थल निर्माण हुनसके धार्मिक पर्यटन तथा विदेशी पर्यटकको आवागमन बृद्धि हुने दाबी गरे । ‘पोखरा–काठमान्डौबाट हेलि तथा प्लेन चढेर आउने स्वदेशी तथा बिदेशी पर्यटक जब चराङ अवतरण हुन्छ तब प्लेनबाट बाहिर निस्कदा अद्भुत दृष्य देखेर स्वर्गमै पुगेको महशुस गर्नेछन्’, मन्त्री भट्टराईले भने, ‘प्लेन चढेर आउने पर्यटकका लागि दामोदरकुण्ड र कोरलानाका टाढा छैन । बिमान स्थल सेवा भएपछि स्वदेशी तथा भारतीय पर्यटक दामोदरकुण्ड पुजा गर्न आउछन् ।’

मन्त्री भट्टराईले बिमानस्थल संगसंगै दामोदरकुण्ड नजिक सम्म सडक बिस्तार गर्न सकिने भएकाले अब छिट्टै उपल्लो मुस्ताङमा समृद्धि र बिकासको लहर छाउने बताए । भट्टराईले उपल्लो मुस्ताङमा पशुपालन तथा कृषि उत्पादनको प्रचुर संम्भावना रहेको बताए । उनले भने ‘ उच्च उचाईको चिसो भूगोलमा उत्पादन भएको स्याउ र पशुपालनबाट निर्माण हुने उत्पादित बस्तु स्वदेश तथा बिदेशमा निर्यात गर्ने सकिन्छ । यसले पर्यटनका साथै कृषि उत्पादनको सहज बजारिकण गर्न सकिन्छ ।’
कोरला नाकालाई बिशेष प्राथमिकता
पुरै समय बिमान स्थलसंग जोड्दै मन्त्री भट्टराईले प्लेनबाट चराङ उर्लिएका पर्यटक तिब्बत समेत जान सक्ने उल्लेख गरे । सरकारले उत्तरी कोरलानाकालाई बिशेष प्राथमिकतामा राखेको बताउदै मन्त्री भट्टराईले यसका लागि पोखरा–बुटवल कालिगण्डकी करिडोर सडक बिस्तार गरिरहेको जनाए । ‘अब हिमाल संग दुरी एकदमै नजिक बन्दैछ , यसका लागि सबै संयन्त्रहरु बिस्तार भईरहेकोले हिमाली कनेक्टिभिटीले सीमाक्षेत्रका बासिन्दाको सुनौला दिन फेरिदैँछ’ मन्त्री भट्टराईले भने ।
यसअघि प्रस्तावित बिमान स्थलको निरीक्षण गर्न चराङ पुगेका मन्त्री भट्टराईलाई स्थानीयबासीले भब्य स्वागत गरेका थिए । मन्त्री भट्टराईलाई उपल्लो मुस्ताङीले स्थानीय भेषभुषा सहितको कपडा लगाई दिएका थिए ।

संघीय सांसद प्रेमप्रसाद तुलाचनले जिल्लाको पहलमा भएको प्रस्तावित बिमानस्थलको निरीक्षणमा आएका मन्त्री भट्टराईको आगमनले बिमानस्थल पक्कै बन्ने संम्भावना रहेको बताए । मन्त्री भट्टराई चराङ पुग्दा सांसद ईन्द्रधारा बिष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्ट, स्थानीय जनप्रतिनिधि, आमा समूह, क्लवले मन्त्री भट्टराईलाई क्याल्साङ गरि स्वागत गरेका थिए । मन्त्री भट्टराई सोमबारनै हेलिबाट दामोदरकुण्ड र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा निरीक्षण गरेको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।
फोटो सौजन्य: टसी ढुन्टु ठकुरी । चराङ
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’