अदालतमा महराको बयान शुरु

अदालतमा महराको बयान शुरु

Krishna-Bahadur-Mahara

काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) को अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराको अदालती बयान शुरु भएको छ । महराको केही समय अगाडिदेखि मात्रै काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु गरिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिन शुरु गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

महराको बयान सकिए सम्भवत आजै थुनछेक बहस शुरु हुने छ । थुनछेक बहस सकिएपछि अदालतले महरालाई थुनामा पठाउने, धरौटी तिराइ तारेखमा रिहा गर्ने वा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश जारी गर्ने छ ।

प्रहरीको झन्डै १ महिना लामो अनुसन्धान पछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योग र ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकत्म ७ वर्ष ६ महिना कैद सजाय माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ