बस दुर्घटनामा एकको मृत्यु ३६ घाइते

बस दुर्घटनामा एकको मृत्यु ३६ घाइते

bus_accident_FP2dvjaBVU

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् । ३६ जना घाइते भएका छन् ।

घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् । आज बिहान ५ बजे दुर्घटना भएको बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।

रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ