तनहुँको अमरापुरीको बुल्दी पुल छेउबाट स्कुटर खस्यो, सवार दुवै युवती सकुशल [तस्विरहरु]

तनहुँको अमरापुरीको बुल्दी पुल छेउबाट स्कुटर खस्यो, सवार दुवै युवती सकुशल [तस्विरहरु]

buldi khola

व्यास नगरपालिकाको वडा नं. १ र २ जोड्ने अमरापुरी स्थित बुल्दी खोला माथिको पुलको अवस्था डरलाग्दो छ । यसबारे समाचारहरु पनि आइसकेका छन् । तर, छेकबार गर्ने जाँगर वडाले देखाएको छैन । वडा नं. १ ले तत्काल तदारुकता देखाउनुपर्ने आवश्यकता देखिएको छ ।

शनिबार दुई युवती सवार स्कुटर खोलामा खस्यो । भाग्यवश दुवै जना सकुशल छन् । स्कुटर भने तल नै पुगेको छ । पानीले बगाएर ल्याएको माटोले पुल पुरिएर पैदल यात्रु तथा यातायातका साधानलाई वारपार गर्न समस्या पहिल्यैदेखि थियो ।

वर्षातको समयमा हिलोमाटो जमेर नगरबासी नै ओहोर दोहोर गर्न कठिन हुने यो पुलको सरसफाई तथा नाला कटान गरी सुरक्षित गर्नतर्फ ध्यान पुगेको छैन ।

तस्विरः पत्रकार पवन पौडेलको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ