तनहुँ । तनहुँको व्यास नगरपालिका स्थानिय समन्वय समितिले नगरपालिकाको वडा नम्बर १४ स्थित केशवटारमा अपाङ्गता परिचय पत्र वितरण शिविर आयोजना गरी परिचय पत्र वितरण गरेको छ । ३८ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाइ परिचय पत्र वितरण गरिएको हो ।
सो शिविरमा व्यास नगरपालिकाका उपप्रमुख तथा स्थानिय समन्वय समितिकी संयोजक मीरा जोशी तथा व्यास नपा १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले परिचय पत्र वितरण गरेका थिए । शिविरमा आएका ४३ जना अपाङ्गता भएका व्यक्तिहरु मध्ये १० जना पुर्ण अशक्त, १६ जना अति अशक्त, ९ जना मध्यम र १ जनाले सामान्य अपाङ्गता सम्बन्धि परिचय पत्र पाएका छन ।

यसरी परिचय पत्र पाएका व्यक्तिहरु मध्ये रातो कार्ड पाउने पुर्ण अशक्त र निलो कार्ड पाउने अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट ३००० र १६०० रुपैयाँका दरले मासिक सामाजिक सुरक्षा पाउनेछन भने अन्य कार्ड पाएका व्यक्तिहरुलाइ पनि विभिन्न सहायता उपलब्ध गराउने कार्यक्रम व्यास नगरपालिकाले योजना गरेको उपप्रमुख मिरा जोशीले बताईन ।
व्यास नगरपालिकाले रिसेडको सहयोगमा स्वंयसेवकहरु परिचालन गरी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा आवेदन संकलन गर्न र सम्बन्धित कागजात मिलाउनका लागि रिसेडले व्यास नगरपालिका लाई सहयोग गरिरहेको छ । यस्ता शिविर अन्य वडाहरुमा पनि संचालन गरी ५०० भन्दा वढि अपाङ्गता भएका व्यक्तिहरुलाइ मंसिर महिना मित्रमा परिचय पत्र वितरण गर्ने योजना नगरपालिकाको रहेको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा