Gandak News
Our News Your Views
Lets

स्मार्टफोनले बच्चालाई बन्न दिँदैन स्मार्ट

काठमाडौं- मानिसहरुले मोबाइललाई आफ्नो दैनिकी बनाएका छन् ।  मोबाइल चलाउँदा मान्छेको घाँटी तल झुकिरहन्छ । यसले घाँटीका साथै ढाडको हड्डीमा पनि उत्तिकै असर गर्ने गर्छ । ढाडको हड्डीका डाक्टरले यसलाई ‘टेक्स्ट नेक’ भन्ने गर्छन् । लगातार स्मार्टफोन चलाउने बच्चा र युवालाई ढाडमा बढी समस्या हुन डाक्टरहरुको भनाइ छ ।

स्मार्टफोनले अहिलेका मान्छेको निद्रा पनि बिगारेको छ । रिपोर्टका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने किशोर अनिद्राको शिकार पनि हुने गरेका छन् । सान डिएगो स्टेट विश्वविद्यालय अमेरिकाका वैज्ञानिकले गरेको शोधअनुसार जो बालक दिनमा दुई घण्टाभन्दा धरै बेरसम्म स्मार्टफोन या कुनै ग्याजेटको प्रयोग गर्छन्, उनीहरुलाई सुत्दा पनि निद्रा नलाग्ने समस्या हुन्छ । बच्चालाई यदि नौ घण्टा निद्रा पूरा गर्ने समय दिइएन भने पढाइ या अरु कारणमा पनि बच्चाले राम्रो नतिजा प्राप्त गर्न सक्दैनन् । शोधका लागि ३ लाख ६० हजार किशोर तथा युवा छुट्याइएको थियो ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको