पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि जुटीरहेका खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषदले खेल मनोविज्ञान तालिम दिएको छ ।
राखेपले पोखरामा प्रशिक्षणमा रहेका व्याडमिन्टन, आर्चरी, महिला तथा पुरुष ह्याण्डबल टिम, महिला फुटबलका खेलाडीलाई यस्तो तालिम दिएको हो । सागको तयारीमा रहेका खेलाडीलाई मनोवैज्ञानिक रुपम तयार गर्न र उनीहरु भित्र रहेको अन्र्तनिहित क्षमता वृद्धी गरि खेल नतिजामा प्रभाव गर्न यस्तो तालिम दिइएको नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष एवम साग तयारी समिती पोखराका सदस्य तेज गुरुङले बताए । तिन दिन सम्म चल्ने तालिममा खेलाडीलाई विहान र बेलुका गरि ४ घन्टा तालिम दिइनेछ भने महिला फुटबलका खेलाडीलाई भने एक दिने तालिम पोखरा बाहिर दिइने उपाध्यक्ष गुरुङले बताए ।
खेलाडीलाई दिइने मनोविज्ञान तालिमको सहजिकरण भिजनरी इन्टरनेशनलका प्रशिक्षक एवम मनोविज्ञ इन्द्र गुरुङले तथा उक्त संस्थाका अध्यक्ष एवम मनोविज्ञ राजेश्वरी श्रेष्ठले सहजिकरण गर्नेछन । यि दुबै मनोविज्ञले १२ औं सागमा समेत खेलाडीलाई तालिम दिएका थिए । जसका कारण खेल नतिजामा समेत राम्रो प्रभाव परेको थियो ।
त्यही नतिजाका कारण १३ औं सागमा समेत खेलाडीलाई मनोबैज्ञानिक रुपमा तयार गर्न नेपाल ओलोम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले यस्तो व्यवस्था गरेको उपाध्यक्ष गुरुङले बताए । यसा अघि १३ औं सागको तयारीमा रहेका महिला तथा पुरुष खेलाडीलाई म्याग्दीको टोर्केमा तालिम दिएको गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’