पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि जुटीरहेका खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषदले खेल मनोविज्ञान तालिम दिएको छ ।
राखेपले पोखरामा प्रशिक्षणमा रहेका व्याडमिन्टन, आर्चरी, महिला तथा पुरुष ह्याण्डबल टिम, महिला फुटबलका खेलाडीलाई यस्तो तालिम दिएको हो । सागको तयारीमा रहेका खेलाडीलाई मनोवैज्ञानिक रुपम तयार गर्न र उनीहरु भित्र रहेको अन्र्तनिहित क्षमता वृद्धी गरि खेल नतिजामा प्रभाव गर्न यस्तो तालिम दिइएको नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष एवम साग तयारी समिती पोखराका सदस्य तेज गुरुङले बताए । तिन दिन सम्म चल्ने तालिममा खेलाडीलाई विहान र बेलुका गरि ४ घन्टा तालिम दिइनेछ भने महिला फुटबलका खेलाडीलाई भने एक दिने तालिम पोखरा बाहिर दिइने उपाध्यक्ष गुरुङले बताए ।
खेलाडीलाई दिइने मनोविज्ञान तालिमको सहजिकरण भिजनरी इन्टरनेशनलका प्रशिक्षक एवम मनोविज्ञ इन्द्र गुरुङले तथा उक्त संस्थाका अध्यक्ष एवम मनोविज्ञ राजेश्वरी श्रेष्ठले सहजिकरण गर्नेछन । यि दुबै मनोविज्ञले १२ औं सागमा समेत खेलाडीलाई तालिम दिएका थिए । जसका कारण खेल नतिजामा समेत राम्रो प्रभाव परेको थियो ।
त्यही नतिजाका कारण १३ औं सागमा समेत खेलाडीलाई मनोबैज्ञानिक रुपमा तयार गर्न नेपाल ओलोम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले यस्तो व्यवस्था गरेको उपाध्यक्ष गुरुङले बताए । यसा अघि १३ औं सागको तयारीमा रहेका महिला तथा पुरुष खेलाडीलाई म्याग्दीको टोर्केमा तालिम दिएको गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु