बैतडीमा राताशिला चिहानघाटमा भारतीय प्रधानमन्त्री मोतीको पुतला जलाइयो !

बैतडीमा राताशिला चिहानघाटमा भारतीय प्रधानमन्त्री मोतीको पुतला जलाइयो !

modi

 भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको हो। कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोदी को पुतला दहन गरेको त्यहाँबाट राजेश धामीले जानकारी दिए। ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका थिए।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ। भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ। भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन्। भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds