हेलिकप्टर बूक गरेर सोनिकासँग पारस अन्नपूर्ण बेसक्याम्पतिर, हिमानी डिभोर्सको तयारीमा !

हेलिकप्टर बूक गरेर सोनिकासँग पारस अन्नपूर्ण बेसक्याम्पतिर, हिमानी डिभोर्सको तयारीमा !

paras-sonica

काठमाडौं – पूर्वयुवराज पारस हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । उनी मोडल तथा भिजे सोनिया रोकायासँग बेसक्याम्प पुगेका हुन् । पारससँग नाम जोडिएकी सोनिकाले भिडियो ब्लग युट्युबमा शेयर गरेकी छिन् । अन्नपूर्ण बेसक्याम्प पुगेर पारस त्यहाँको प्रकृतिसँग रमाएका थिए । बेसक्याम्पमा पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि पुगेकी थिइन् ।

अन्नपूर्ण बेसक्याम्पपछि पारस मुस्ताङ पुगेका छन् । उनी आफ्ना सहकर्मी र साथीसँग मुस्ताङ पुगेका हुन् । उनी म्याग्दी हुँदै बुधवार दिउँसो मुस्ताङ पुगेको बताइएको छ । हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका पारस मुस्ताङ जाँदा २ वटा पजेरो जिप र ६ वटा मोटरसाइकलमा गएका थिए ।

भ्रमणमा रहेका पूर्वयुवराज पारसले तस्वीर खिच्न चाहनेसँग तस्वीर खिचाइरहेका छन् । शाहले बा १४ च २१३१ नम्बरको गाडी चढेका छन् । यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । निर्मल निवास स्रोतले हिमानी डिभोर्स दिन लागेको दाबी गर्‍यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds