तनहुँ । तनहुँको भानु नगरपालिको कार्यालयमा कार्यरत नायव सुब्बा शंकर रानाभाट कार्यालय बंक गरेर पार्टी बैठकमा हिड्ने गरेको रहस्य खुलेको छ ।
भानु नगरपालिकाको नासु पदमा रहेका रानाभाट नेकपा तनहुँ जिल्ला स्तरीय नेताको रुपमा सक्रिय रहेको पाइएको छ । नेकपा तनहुँको बिहीबार बसेको जिल्ला सचिवालयको बैठकमा रानाभाटको सहभागिता देखिएको हो ।

पार्टीको बैठकममा सहभागि रहेका भानु नगरपालिका नासु रानाभाट दोश्रो लहरमा(गोलो घेरामा)
पार्टी श्रोतका अनुसार नेकपा तनहुँको बैठक बिहीबार दिउसो करिब १२ बजेबाट शुरु भएर साँझ ५ बजे सम्मै चलेको थियो । पार्टीमा सागर क्षेत्रीका नामले चिनिने रानाभाट यस अघि समेत पार्टी गतिवधिमा सक्रिय रहेको आरोप लाग्दै आएको थियो ।
नेकपा तनहुँको सचिवालय बैठकमा रानाभाट दोश्रो लहरमा रहेको प्रष्ट देख्न सकिन्छ । नगरपालिकामा हाजिर गरेर जनताको करबाट उठेको रकमबाट सेवा सुविधा लिने रानाभाटले नगरपालिकाको भन्दा पार्टीको काममा लाग्ने गरेको आरोप लाग्दै आएको छ ।
रानाभाट कार्यालयमानै करिब १ बजे सम्म कार्यालयमा रहेको नगरपालिका सुचना अधिकारी सुनिल पाण्डेले गण्डक न्युजलाई बताए ।
पाण्डेले नासु रानाभाट कार्यालयमा रहेको जिकिर गरेतापनि नासु शंकर रानाभाटले आफु सुचना अधिकारीसँग बिदा मागेर १२ बजे ब्यक्तिगत कामको शिलशिलामा हिडेको बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सरकारी सेवामा रहेको ब्यक्ति पार्टीको सक्रिय पदमा रहेर काम गरेको प्रमाण भेटिएमा सेवाबाटै बरखास्त हुने नियम रहेको बताए ।
रानाभाट नगरपालिकामा रहेर आफन्तको नाममा रहेको कम्पनीलाई ठेक्का पट्टा पार्ने गरेको आरोप समेत लाग्ने गरेको छ । विशेष गरेर योजना फाटमा रहेर आर्थिक चलखेल गर्ने गरेको नगरपालिकाका एक बोड सदस्यले नाम नबताउने सर्तमा गण्डक न्युजलाई बताए ।
सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी