रुकुम पश्चिमः जेलभित्र सित्तैमा खाना खान पाइने भन्दै यहाँका एक युवाले प्रहरीकै अगाडि मोबाइल पसलमा चोरी गरेका छन् ।
आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।
मुसीकोट नगरपालिका–२ का २० वर्षीय राजु परियारले सदरमुकाम मुसिकोट स्थित एक मोबाइल पसलमा चोरी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । मोबाइल पसलको ताला तोडेर नगद सहित मोबाइल र अन्य सामाग्रीहरु चोरी गरेको भन्दै परियार विरुद्ध प्रहरीले चोरी डाँका मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ । कार्तिक १६ गते राति मुसीकोट नगरपालिका–१ त्रिवेणीचोकमा रहेको निर्मल विकको मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई कात्तिक १८ गते पक्राउ गरेका थियो ।
यसअघि पनि उनले २०७३ कार्तिक २३ गते खलंगाको एउटा कोठामा चोरी गरेको आरोपमा पक्राउ परेका राजु तीन वर्ष जेल सजाय भुक्तान गरेर भर्खरै बाहिर आएका थिए । पसलका सञ्चालक निर्मलका अनुसार राजुले तीन थान मोबाइल, तीन वटा मोबाइलका ब्याट्री तथा ४ हजार ३ सय ८० बढी नगद चोरी गरेका थिए । एउटै मुद्दामा दुई पटक समातिएपछि प्रहरीले अनुसन्धान गर्दा राजुले खान, बस्नको लागि चोरी गरेको तथ्य फेला पारेको छ । जेलमा निःशुल्क खान पाइने भएकाले राजुले प्रहरीबाट पक्राउ पर्न चोरी गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्दै जाँदा आफूलाई खान सजिलो हुन्छ भनेर चोरी गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । राजुले जेलबाट निस्केपछि खान, बस्नको कुनै ठेगान नभएकाले फेरि जेल जान चोरी गरेको बयान दिएका छन् । उनका बाबुको मृत्यु भएको र आमाले वास्ता नगरेपछि खान, बस्ने पाइने उद्देश्यले चोरी कार्यमा संलग्न भएको प्रनाउ खड्काको भनाइ छ । प्रहरीले पक्राउ गरोस् भनेर चोरी गरेर बजारमा नै घुमिरहेको सम्मको बयान राजुले दिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु