नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना, आदिकविमा अध्ययनरत पन्थको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना, आदिकविमा अध्ययनरत पन्थको मृत्यु

IMG_20191109_133824

तनहुँ । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १४ प ७१६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–१४ का २४ वर्षीय बुद्धिराज पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल पछाडि सवार व्यास–१३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds