काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बीमा समितिसँगको सहकार्यमा आयोजना हुन लागेको बैंकिङ एक्स्पोको तयारी पूरा भएको हो ।आगामी मंसिर १ र २ गते काठमाडौँको भृकुटीमण्डपमा हुने बैंकिङ एक्स्पोको तयारी पूरा भएको छ ।
एक्स्पोमा बैंकिङ, बीमा र पुँजीबजार सम्बन्धी प्रदर्शनी हुने आयोजकले जानकारी दिएको हो । एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन एवम् उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गरिनेछ । कार्यक्रमलाई नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान), नेपाल बैंकर्स संघ, डेभलपमेज्न्ट बैंकर्स एशोसियसन, वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स संघले पनि साथ दिएका छन् ।
एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोवगार कोषले पनि सूचनामूलक स्टलहरु राख्नेछन् । त्यस्तै वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स कम्पनीहरु सेयरबजार सम्बन्धी क्यापिटल तथा अन्य कम्पनीहरु, रेमिट्यान्स एवं डिजिटल वालेट कम्पनीहरु लगायतका सूचनामूलक स्टलहरु संचालन हुनेछन् । काठमाडौँमा तेस्रो पटक बैंकिङ एक्स्पो हुन लागेको हो । बैंकिङ पहुँच बढाउने, हुण्डीलाई निरुत्साहन गरी रेमिट्यान्सलाई प्रोत्साहन गर्ने र बैंकिङ कर्जाबाट उद्यमशीलता बढाउने अभियानलाई सफल बनाउन एक्स्पोले सहयोग गर्ने आयोजकको दाबी छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले आर्थिक वृद्धिसँगै जोखिम पनि जोडिने भएकाले बीमाका आवश्यकता बढ्दै जाने भएकाले बीमा बारे सबैलाई जानकारी गराउन एक्स्पो सफल हुने विश्वास लिए । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकका साथै बैंकिङसँग सम्बन्धित रेमिट्यान्स, प्रविधि, कर्जा लगायतका विषयमा जनचेतना अभिवृद्धि गरी वास्तविक रुपमा बैंकिङ सेवाको पहुँच विस्तार गर्न बैंकिङ एक्स्पो सहयोगीसिद्ध हुने बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’