खुलेन आज पनि नेपाल–भारत नेपालगञ्‍ज नाका

खुलेन आज पनि नेपाल–भारत नेपालगञ्‍ज नाका

nepal-india

नेपालगञ्जः भारतले नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक लगाएको छ । भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्‍दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका भएर सवारीसाधन जान रोक लगाएको हो ।

इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालका अनुसार आइतबार पनि कुनै सवारीसाधन प्रवेश गर्न दिएको छैन । उनका अनुसार नेपालबाट पैदलयात्रुलाई जान दिए पनि कुनै पनि सवारीसाधन जान दिएको छैन । उनले भारतबाट आउने सवारीसाधन भने निर्वाधरूपमा आउन दिएको बताए ।

मुद्‍दा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने साम्प्रदायिक दंगालाई मध्यनजर गरी भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरेको उनले बताए । भारत सरकारले दंगा भड्किन सक्ने आशंकाले सीमा नाकामा सुरक्षा व्‍यवस्थासमेत कडा बनाएको छ । रुपैडिहामा सुरक्षाकर्मी परिचालन गरी समूहमा बस्नसमेत रोक लगाएको रुपैडिहाका पत्रकार सन्तोष शुक्लले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ