प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

sun

काठमाडौं –साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा ११ सय रुपैयाँले सुनको भाउ वृद्धि भएको हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ