टाइसनलाई खुकुरी हान्ने तीन पक्राउ

टाइसनलाई खुकुरी हान्ने तीन पक्राउ

death khukuri taisan

सुनसरीको इटहरीमा खुकुरी हानेर कुकुर मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंगलबार इटहरीको पिपलचोकस्थित आयुष विश्वकर्मालाई लक्षित गरी भएको आक्रमणमा उनको घरमा पालेको टाइसन नामक कुकुरको ज्यान गएको थियो। आयुषलाई आक्रमण गर्न आएका १०-१२ जनालाई टाइसनले रोक्न खोजेको थियो। कुकुर बीचमा आएपछि आक्रमणकारीले उसैलाई खुकुरी हानेका थिए। आक्रमणमा घाइते भएको टाइसनको पछि मृत्यु भएको थियो।

कुकुरलाई खुकुरी हान्नेहरू पछि भागेका थिए। प्रहरीले शनिबार मोरङको पथरी शनिश्वरेबाट फरार तीन जनालाई पक्राउ गरेको हो। आफन्तको घरमा लुकेर बसेको सूचनाका आधारमा इलाका प्रहरी कार्यलय इटहरीको टोलीले मोरङ प्रहरीसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा इटहरी पिपल चोकका २० वर्षीय विशाल माझी, २१ वर्षीय मनोज भण्डारी र २१ वर्षीय सुदिप राई छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ