Gandak News
Our News Your Views
Trade Mall
Lets

फिल्म शुटिङका क्रममा अक्षय कुमार घाइते

Loading...

बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा घाइते भएका छन् । रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडियाका अनुसार उनका खुट्टाको गोलीगाँठो र हातमा चोट लागेको हो । चोट लागे पनि अक्षय कुमारले भने शूटिङ जारी राखेका थिए ।

बलिउडमा एक्सन हिरोका रुपमा लोकप्रिय अक्षय कुमारले खतरनाक स्टन्ट दिने गर्छन् । यस वर्ष मात्र अक्षयका ४ फिल्म रिलिज हुँदैछन् । तीमध्ये ३ फिल्म रिलिज भइसकेका छन् । केसरी, मिसन मंगल र हाउसफूल ४ तीनै फिल्मले सफलता पाए । यसै वर्ष उनको गुड न्युज नामक फिल्म पनि रिलिज हुँदैछ । अक्षय कुमार निकै व्यस्त अभिनेतामा पर्छन् । योसँगै उनी सामाजिक कार्यमा पनि व्यस्त छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको