सिके राउतको पार्टी उपनिर्वाचनमा भाग लिदै

सिके राउतको पार्टी उपनिर्वाचनमा भाग लिदै

image_default_18365cb85dfd34b98

सिके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा सहभागीता लिने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी नदिने निर्नय गरेको जनमत पार्टीले स्थानिय तहका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको राउतले जनाएका छन् ।आगामि मंसिर १४ मा हुन गइरहेको निर्वाचनमा सम्बन्धित स्थानिय निकायबाट ३ जनाको नाम सिफारिस गर्न भन्दै राउतको पार्टीले आह्वान गरिएको छ ।

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । पार्टीबाट देशैभर रिक्त स्थानीय तह गाउँपालिका र वडाहरूमा उम्मेदवारी दिन लागेको जनाइएको छ । विखण्डनको नारासहित केहिसमय सरकारले जेल चलान गरेका राउत जनमत पार्टी मार्फत अहिले मुलधारको राजनीतिमा सक्रिय रहदै आएका छन्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ