काठमाडौं– नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष राम बहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङ लागू औषध (चरेश) मुद्दामा फरार थिए ।
तामाङ २४ असोज २०५९ मा काठमाडौंको ठमेलबाट ७ किलो चरेशसहित पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध लागू औषध (चरेश) ओसारपोसार र कारोबारको कसुरमा मुद्दा दर्ता गरेको थियो । २७ जेठ २०७१ मा काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध ३ वर्ष कैद र २५ हजार जरिवानाको सजाय सुनाएको थियो । मुद्दाको अनुसन्धानका लागि ३ महिना ७ दिन थुनामा रहेका तामाङ अदालतको फैसलापछि भने फरार रहेका थिए । अनुसन्धानका लागि थुनामा रहेको बाहेक अदालतले तोकेको मध्ये तामाङले २ वर्ष ८ महिना २३ दिन कैद भुक्तान गर्न बाँकी थियो ।
अदालतले तोकेको सजाय भुक्तान नगरी फरार अभियुक्तका रुपमा रहेका तामाङ २०७४ सालको (स्थानीय तह) निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा म्यागङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । फौजदारी कसुरमा दोषी ठहर भइ अदालतले तोकेको सजाय समेत भुक्तान नगरी फरार भएका तामाङ १५ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा तामाङलाई आइतबार पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तामाङलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको जनाएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने