तनहुँ । तनहुँको देवघाट गाउँपालिका-१ की जइसरा गुरुङले ९४ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एक दिने घुम्ती सेवा शिविरबाट उनले नागरिकता प्राप्त गरेकी हुन् ।
नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
देवघाट गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले शनिबार घुम्ती शिविर सञ्चालन गरी गुरुङ सहित २१२ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त वितरण गरेको छ । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताए । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुइपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।
सम्बन्धित खबर
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने