चेपाङ समुदायको समस्या बुझ्न चेपाङ गाउँमा सांसद खान

चेपाङ समुदायको समस्या बुझ्न चेपाङ गाउँमा सांसद खान

IMG_20191110_154511

किरण श्रेष्ठ, तनहुँ । जनताको सुखदुःख बुझ्न नेता गाउँ चुनाव ताका मात्रै जाने गरेको पाइन्छ । तर प्रतिनिधि सभाकी सदस्य कलिला खान भने गृहजिल्ला आएको समयमा कुनै न कुनै गाउँमा पुग्ने गरेकी छिन ।

सोही क्रममा आइतबार व्यास-११ ओढारे स्थित चेपाङ गाउँमा पुगेकी छिन । आदिवासीको पनि लोपोन्मुख जातीमा रहेको चेपाङ समुदायको दु:ख र समस्या बुझ्न गाउँ गएको सांसद खानले बताईन ।

सांसद कलिला खानले चेपाङ गाउँ ओढारेमा रहेको खानेपानीको समस्या समाधानको लागी पहल गर्ने उनले बताईन । स्थानीय तह र वडा संग समेत सहकार्य उनले बताइन । चेपाङ बस्तीको समस्या लाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने समेत उनले बताईन ।

उक्त चेपाङ समुदायको अवस्था बारे बुझ्न वेष्ट मिनिस्टर फाउन्डेसनको अगुवाइमा उक्त स्थानमा गएको हो । फाउन्डेसनका निर्देशक दिनेश वाग्लेका अनुसार महिला सांसदको अवस्था र गृहजिल्लामा कस्तो काम गरिरहेका छ्न त्यो बारेमा समेत फाउन्डेसनले बुझ्ने गरेको बताए ।

०५१ साल देखी राम्चेमा बसोबास गर्न आएको नेपाल चेपाङ संघ तनहुँका अध्यक्ष पदम चेपाङले जानकारी दिए । खानेपानीको असुविधा रहेको चेपाङले बताए । डोको बोकेर २ घण्टाको बाटो हिडेर पानी लिन जानुपर्ने अवस्था रहेको उनले बताए ।

अधिकारीकर्मी सत्तार अन्सारीले सांसदको गृहजिल्लाको अवस्था, विकासका गतिविधि बारे बुझ्न आएको उनले बताए । साथै चेपाङ समुदायको बस्तुस्थिती समेत बुझ्न पाइएको उनले बताए ।

नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले विविधतामा एकताको नमुना रहेको उनले बताए ।

व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्काले लिफ्ट खानेपानीको ठेकेदारले काम नगर्दा काम पुरा हुन नसकेको उनले बताए । उत्पादनशिल क्षेत्रमा लाग्नुपर्ने वडाअध्यक्ष खड्काले बताए । श्रमलाई सम्मान गर्नुपर्ने समेत उनले बताए । विभिन्न तरकारी खेती लगाएर आर्थिक रुपमा सक्षम हुन सक्ने अवस्था रहेको वडाअध्यक्ष खड्काले बताए ।

कार्यक्रमका सभापतित्व व्यास ११ का वडाअध्यक्ष निर बहादुर खड्काले गरेका थिए । कार्यक्रमको स्वागत नेपाल चेपाङ संघ तनहुँका अध्यक्ष पदम चेपाङले गरेका थिए ।

साथै सांंसद खानले आइतबार नै व्यास-११ कालिका भगवती टोलमा रहेको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका समिति संग समेत त्यहाँँ समस्या बारे बुझेकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ