मुस्लिम समुदायका महिलालाई सिलाई कटाई तालिम

मुस्लिम समुदायका महिलालाई सिलाई कटाई तालिम

IMG_20191113_132652

तनहुँ । मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई तीन महिने सिलाई तथा कटाई सम्बन्धि आधारभुत तालिम कार्यक्रमको बुधबार एक कार्यक्रम बिच सुरुवात भएको छ ।

निल कुमारी मियाँ फाउन्डेसनको आयोजना तथा नेपाल डेभलपमेन्ट सोसाइटी काठमाडौको सहयोगमा बुधबार उक्त तालिम कार्यक्रम सुरु भएको हो ।

मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई क्षमता विकास र आत्मनिर्भर बनाउनको लागी तालिम दिन लागेको संस्थाकी अध्यक्ष रुबिना खान बताइन । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाकी सांसद कलिला खान रहेकी थिइन ।

सो अवसरमा नेपाल डेभलपमेन्ट सोसाइटीले १० वटा सिलाई मेसिन समेत संस्थालाई हस्तान्तरण गरेको छ ।

सो अवसरमा प्रमुख अतिथि सांसद खानले मुस्लिम महिलाहरुले समेत सिप सिकेर स्वरोजगार बन्नुपर्ने बताई । आत्मनिर्भर भई समृद्ध समाज र राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्ने बताइन । ‘घर भित्रका चुला चौकामा मात्रै महिला सिमित हुनुहुदैन अब आफुले नै सिप सिकेर केहि गरेर समाजमा योगदान पुर्याउनुपर्छ’, सांसद खानले भनिन,’मुस्लिम समुदायका महिलाहरुमा पनि चेतना बढ्दो छ ।’

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सिपलाई व्यवसायमा बदल्नुपर्ने बताए । सीप र जागर भए धेरै उन्नति र प्रगति गर्न समेत सकिने वाग्लेले बताए । फुर्सदको समय सदुपयोग गरि आर्थिक रूपमा मुस्लिम महिलाहरु पनि सक्षम बन्न सक्ने उनले बताए ।

त्यस्तै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मुस्लिम महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताए । फाउन्डेसनले महिलाको क्षेत्रमा निकै राम्रो काम गरिरहेको बताए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष हाजी अक्बर अलिले मुस्लिम समुदायका महिलाको लागि सिलाई कटाई तालिमले सहयोग पुग्ने बताए ।

त्यस्तै नेपाल डेभलपमेन्ट सोसाइटीका ओरेन्जेबले संस्थाको बारेमा सहभागीलाई बताएका थिए । नुर मुस्लिम महिला समुहकी अध्यक्ष मुन्नी खातुनले कार्यक्रमको उद्देश बारे जानकारी गराएकी थिइन ।

गत असार महिनामा पनि संस्थाले तीन महिने सिलाई कटाई तालिम दिएको थियो । उक्त समयमा १२ जना मुस्लिम महिला तथा किशोरीले तालिम लिएका थिए । एकजना ट्रेनरले उक्त तालिम गराउने आयोजकले जनाएको छ ।

एक सहभागी महिलाले भनिन,’हाम्रो समुदायमा अवसर नै पाइदैन, अब अहिले आएको यो अवसरको पुर्ण सदुपयोग गर्नेछु ।’

सिपमुलक तालिमबाट लाभ लिई ब्यवसाय गर्ने सोच बनाएको तालिममा सहभागीहरु बताउछन ।

कार्यक्रमको स्वागत संस्थाकी उपाध्यक्ष सकिला खानले गरेकी थिइन भने संचालन पत्रकार किरण श्रेष्ठले गरेका थिए ।

उक्त आयोजक संस्थाले यस अघि लोपोन्मुख परम्परागत सीप कार्यक्रम गरेको थियो । लोपोन्मुख परम्परागत सीप बारे अन्तरक्रिया तथा आगामी कस्ता कस्ता सम्भावित सीप मुलक तालिम संचालन गर्न सकिने छ भन्ने बारे छलफल समेत संस्थाले गरेको संस्थाकी अध्यक्ष रुबिना खानले जानकारी दिईन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ