चरिकोटमा पनि ‘कामचोर’ ठेकदारको तस्वीर टाँसियो

चरिकोटमा पनि ‘कामचोर’ ठेकदारको तस्वीर टाँसियो

charikot-deepak-sapkota

काठमाडौं । काम नगर्ने ठेकेदारको फोटो सार्वजनिक स्थानमा सवारीहरुमा टाँस्ने गरी नगरकोटबाट सुरु भएको अभियान चरिकोटमा पनि पुगेको छ । खाडीचौर-मुडे-चरिकोट खण्डको विस्तारको काममा लापरवाही गर्दा सास्ती भोग्नुपरेपछि स्थानीबासीले ठेकेदारको फोटो सार्वजनिक स्थामना टाँसन सुरु गरेका हुन् । भक्तपुरको नगरकोटमा यस्तै अभियान सुरु गरेपछि शैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारीले तत्कालै कालोपत्रेका लागि गिट्टी हाल्न सुरु गरेका छन् । अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’को घरबेटी समेत हुन् । फरक शैलीको विरोधी अभियान प्रभावकारी हुने देखेपछि मुडे-चरिकोट सडक खण्डका स्थानीयबासीले पनि ठेकेदारको फोटो टाँस्न थालेका हुन् ।

खाडीचौर-चरिकोट सडकको विभिन्न खण्ड खाल्डाखुल्डी र हिलाम्मे हुँदा दैनिक सयौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्दै आएका छन् । यो सडकको खुाडीचौर मुडे खण्डमा केही काम भएपनि मुडे-चरिकोट खण्डको अवस्था जीर्ण छ । त्यसैले मुडे-चरिकोट खण्डको जिम्मा ठेकेदार कम्पनी ठेकेदार कम्पनी सकिल हेदर-शंकरमाली-सुनौला खिम्ती जेभीले पाएको छ । यसको प्रमुख जिम्मेवार रहेका शंकर माली जेभीका प्रवन्ध निर्देशक दीपक सापकोटको तस्वीर अहिले सवारी साधनदेखि विभिन्न सार्वजनिक स्थानमा टाँस गरिएको छ । ठेकदारको नाम लेख्दै ‘तपाई मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेक्दार मै हुँ’ ‘कालापत्रे कहिले हुन्छ ?’ भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटो टाँसेका छन् ।

सडक विगि्रँदा अत्यावश्यक सामग्री खाद्यान्न, औषधि, इन्धनलगायत आपूर्तिमा समस्या पर्दै आएको छ भने स्थानीय पर्यटन व्यवसाय समेत प्रभावित छ । भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार गर्न ठेक्का लागको ४ वर्ष बढी भइसकेको छ । ०७२ भदौमा खाडीचौर-मुडे खण्डको २५ किलोमिटर र मुडे-चरिकोट खण्डको ३० किलोमिटर सडक विस्तारका लागि सम्झौता गरिएको थियो । २ वर्षभित्र गर्नुपर्ने काम ४ वर्षमा पनि पुरा नभएपछि ठेकेकदारलाई सडक विभागले जरिवना पनि तिराउँदै आएको छ । खाडीचौर-मुडे खण्डमा भने सिमाञ्चल-गौरी पार्वती-सुनौलो खिम्ती जेभीले काम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds