काठमाडौं । काम नगर्ने ठेकेदारको फोटो सार्वजनिक स्थानमा सवारीहरुमा टाँस्ने गरी नगरकोटबाट सुरु भएको अभियान चरिकोटमा पनि पुगेको छ । खाडीचौर-मुडे-चरिकोट खण्डको विस्तारको काममा लापरवाही गर्दा सास्ती भोग्नुपरेपछि स्थानीबासीले ठेकेदारको फोटो सार्वजनिक स्थामना टाँसन सुरु गरेका हुन् । भक्तपुरको नगरकोटमा यस्तै अभियान सुरु गरेपछि शैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारीले तत्कालै कालोपत्रेका लागि गिट्टी हाल्न सुरु गरेका छन् । अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’को घरबेटी समेत हुन् । फरक शैलीको विरोधी अभियान प्रभावकारी हुने देखेपछि मुडे-चरिकोट सडक खण्डका स्थानीयबासीले पनि ठेकेदारको फोटो टाँस्न थालेका हुन् ।
खाडीचौर-चरिकोट सडकको विभिन्न खण्ड खाल्डाखुल्डी र हिलाम्मे हुँदा दैनिक सयौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्दै आएका छन् । यो सडकको खुाडीचौर मुडे खण्डमा केही काम भएपनि मुडे-चरिकोट खण्डको अवस्था जीर्ण छ । त्यसैले मुडे-चरिकोट खण्डको जिम्मा ठेकेदार कम्पनी ठेकेदार कम्पनी सकिल हेदर-शंकरमाली-सुनौला खिम्ती जेभीले पाएको छ । यसको प्रमुख जिम्मेवार रहेका शंकर माली जेभीका प्रवन्ध निर्देशक दीपक सापकोटको तस्वीर अहिले सवारी साधनदेखि विभिन्न सार्वजनिक स्थानमा टाँस गरिएको छ । ठेकदारको नाम लेख्दै ‘तपाई मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेक्दार मै हुँ’ ‘कालापत्रे कहिले हुन्छ ?’ भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटो टाँसेका छन् ।
सडक विगि्रँदा अत्यावश्यक सामग्री खाद्यान्न, औषधि, इन्धनलगायत आपूर्तिमा समस्या पर्दै आएको छ भने स्थानीय पर्यटन व्यवसाय समेत प्रभावित छ । भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार गर्न ठेक्का लागको ४ वर्ष बढी भइसकेको छ । ०७२ भदौमा खाडीचौर-मुडे खण्डको २५ किलोमिटर र मुडे-चरिकोट खण्डको ३० किलोमिटर सडक विस्तारका लागि सम्झौता गरिएको थियो । २ वर्षभित्र गर्नुपर्ने काम ४ वर्षमा पनि पुरा नभएपछि ठेकेकदारलाई सडक विभागले जरिवना पनि तिराउँदै आएको छ । खाडीचौर-मुडे खण्डमा भने सिमाञ्चल-गौरी पार्वती-सुनौलो खिम्ती जेभीले काम गर्दै आएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन