आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव, फाट्टफुट्ट पानी पर्न सक्ने

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव, फाट्टफुट्ट पानी पर्न सक्ने

rain-mausam

काठमाडौं- हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक आज देशभरको मौसम सफा रहने जल तथा मौसमन पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मध्य पहाडी भु-भागमा आंशिक बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । त्यस्तै साँझपख भने पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही स्थानको मौसममा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणाली बनेको छ । दक्षिण–पश्चिम बंगालको खाडीबाट मध्य–पूर्वी बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम छ ।

यसैगरी भारतको राजस्थानमा न्यून चापीय प्रणाली विकशित भएकाले यी मौसमी प्रणालीको प्रभाव नेपालमा परेको हो । हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । आइतबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मंसिर १ गते (आइतबार)

दिउँसो: देशका पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य पहाडी भु-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ