तनहुँ । भानु नगरपालिकाको वडा नं. २, फुस्रेटार स्थित एक घरमा आइतबार बिजुली शर्ट भई आगलागी हुँदा परिवारका ४ जना घाइते भएका छन् । घरमा जडान गरिएको बिजुली शर्ट भए लगत्तै आगलागी हुँदा नजिकै रहेको ग्यास सिलिन्डरमा समेत आगो पुगेको र सिलिन्डर बाट निस्केको ग्याँसले आगो फैलँदा उनीहरुको अनुहार जलेको हो ।
घाइते हुनेहरुम ३२ वर्षीय करन नेपाली, श्रीमती २८ वर्षीया बिमाया नेपाली, छोरी बर्ष १३ कि बृटिशा नेपाली र छोरा बर्ष ११ को बिपिन नेपाली छन् । अनुहार एसिडले पोले जस्तै भएको छ । आइतबार बेलुकी ९ बजे आगलागी भएको खबर पछि र्इलाका प्रहरी कार्यालय भानुका प्रहरी नायब निरीक्षक पुर्ण बहादुर थापाको टोली पुगेको थियो । नेकपा भानु २ का अध्यक्ष सन्तोष श्रेष्ठ तथा स्थानीय बासिन्दाहरुले प्रयासमा आगो नियन्त्रणमालिइएको थियोे ।
आगलागीबाट घाइते भएकाहरुलाइ उपचारका लागि तत्काल लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पछि थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पतालमा पठाइएको थियो तर आर्थिक समस्याका कारण घाइतेहरू घरमा नै फर्किएको पत्रकार मनोज श्रेष्ठले जनाएका छन् ।आगलागीबाट करिब २ लाख भन्दा बढीको क्षति भएको बताइएको छ ।
श्रोतः रेडियो छिम्केश्वोरी
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?