पेट फुटेको अवस्थामा तनहुँको साखुलीमा चितुवाको डमरू मृत फेला

पेट फुटेको अवस्थामा तनहुँको साखुलीमा चितुवाको डमरू मृत फेला

Chituwa Damaru
तनहुँ । तनहुँमा चितुवाको डमरू मृत फेला परेको छ । व्यास नगरपालिका वडा नं. ७ साखुलीमा रहेको लोककल्याण सामुदायिक वनमा मृत अवस्थामा फेला परेको हो ।
अन्दाजी २ वर्षको १० किलोग्राम तौल भएको चितुवाको बच्चा मृत अवस्थामा फेला परेको हो । उक्त डमरुलाई डिभिजन वन कार्यालय तनहुँमा ल्याइ कार्यालयको कम्पाउण्ड भित्र गाडीएको डिभिजन बन प्रमुख केदार बरालले बताए ।
उक्त चितुवाको पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको हो । सो चितुवाको बच्चा लाई भाले चितुवाले मारेको हुन सक्ने बरालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ