‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी

‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी

joker

अमेरिका – हलिउड फिल्म ‘जोकर’ अक्टोबरमा रिलिज भएको थियो । फिल्मले अहिले पनि उत्तिकै कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म १ बिलियन डलर (नेपाली रुपैयाँ १ खर्ब चौध अर्ब भन्दा बढी) कमाइ गरेको छ । साथै यो फिल्म वार्नर ब्रोजको ब्यानरमा बनेका फिल्ममध्ये १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने सातौँ फिल्म बनेको छ ।

हलिउड मिडियाका अनुसार जोक्विन फिनिक्स अभिनित यो फिल्मले ६० करोड डलरभन्दा बढी नाफा गरेको छ । रिलिजपछि विश्वभर यो फिल्मको पक्ष र विपक्षमा बहस सिर्जना भएको थियो । फिल्म नेपालका दर्शकले पनि उत्तिकै रुचाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds