नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुर्नगठनलगायतका विषयमा छलफल हुने

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुर्नगठनलगायतका विषयमा छलफल हुने

nekapa-1-750×375@2x

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ । आज दिउँसो साढे १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकार पुर्नगठनलगायतका विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेका बताए लगत्तै बस्न लागेको बैठकमा सोही विषयमा मुख्यगरी छलफल हुने जनाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्।

यस्तै बैठकमा पार्टी एकताका बाँकी काम पूरा गर्ने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ । यस्तै बैठकमा सांगठनिक विषयसँगै स्थायी समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी ९हाल समाजवादी० का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए। प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ