काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बुधवार(आज) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको नेतृत्वको जिम्मा दिने निर्णय गरेको छ ।
ओली प्रचण्डबारे सचिबालयको यस्तो निर्णय
– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहेन ।
– अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन
गर्ने । आमरुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने ।
– प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने । पार्टी र सरकार सञ्चालन अध्यषद्वय बीचको आपसी सल्लाहमा गर्ने ।
–पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ