पोखरा । सबैभन्दा ठूलाे दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी जनप्रतिनिधि रहेकाे क्षेत्र कास्की – २ मा उनकै पत्नी विद्या भट्टराईलाई चुनावी मैदानमा उभ्याएकाे छ ।
कास्की २ रवीन्द्र अधिकारीले ह्याट्रिक जित हात पारेकाे क्षेत्र हाे । ५ वर्षका लागि रबिन्द्र नै प्रतिनिधि रहेकाे ठाउँमा अब बाँकी याेजना पूरा गर्न आफू तयार बनेर चुनावमा हाेमिएकाले जित सुनिश्चित रहेकाे उनकाे विश्वास छ । विद्यार्थी राजनीतिबाट उदाएकी भट्टराई २०५६ मा अधिकारीसँग बिहे गरेपछि क्रमश: पर्दा पछाडि पुगिन् । ठ्याक्कै २० वर्षपछि परिस्थितिले राजनीतिक मैदानमा उतारेकाे उनकाे ठम्याईछ छ ।
चुनावी घरदैलोमा व्यस्त रहेकी उम्मेदवार भट्टराईले सोमबार बिहान बिग एफ एमसँगको कुराकानीमा कसैलाई नपिरी, नचिढ्याई, गाली नगरी सबैकाे प्यारा भएर रवीन्द्रले जसरी जिते, उसैगरि काेहि प्रतिष्पर्धी पार्टी र उम्मेदवारलाई गाली नगरी चुनावी अभियान जारी राखेकाे बताईन् । दुई पार्टी एक भएर चुनावी अभियानमा हाेमिएकाले घात अन्तर्घात हुनेकुरा कल्पना समेत नगरेकाे उनकाे भनाई छ ।
रवीन्द्रकै समकालीन गगन थापाले कास्कीका चुनावी सभाहरूमा बिरासतकाे राजनीतिकाे नाममा अराजनीतिक टिप्पणी गरेकाेमा उनकाे गुनासाे छ । ‘विद्या भट्टराईकाे राजनीतिक जीवन र याेगदानबारे थाहा पाउन म गगन थापाजीलाई आग्रह गर्दछु,’ उनले भनिन्, ‘म रवीन्द्र पत्नी भएकाे कारण मात्र पार्टीले अघि सारेकाे हाेइन । म आफै सक्षम छु ।’
काँग्रेसले सेताे सारी र आँशुको राजनीति गरेकाे आरोप लगाईरहँदा उनले आफू सक्षम रहेकाे भन्दै ३० वर्षदेखि राजनीतिमा अनवरत रहेकाे बताईन् । रवीन्द्रलाई राष्ट्रिय राजनीतिमा अग्रपंक्तिमा लैजान सहयाेग पुर्याउन पर्दापछाडि रहेपनि राजनीतिबाट अलग नभएकाे स्पष्ट पारिन् ।
नेकपाकाे दुई तिहाई बहुमत सरकार, पत्नी स्वयं राष्ट्रपति हुँदासमेत २६ वर्षदेखिकाे मदन आश्रित हत्याकाण्ड रहस्यमै छ भन्ने आरोप जनस्तरबाट आईरहँदा रबिन्द्रकाे आत्मा शान्ति र न्यायकाे लागि तपाईंकाे तर्फबाट कस्ताे प्रयास रहनेछ भन्ने प्रश्नमा उनले भनिन्, ‘वाइडबडीमा रवीन्द्रकाे ठाउँमा जाे मन्त्री पुगेपनि उही आरोप लाग्थ्याे, म यो दाग हटाउन मेरो तर्फबाट जेजे गर्नुपर्छ गर्छु ।’
उनले फिर्के खाेलाकाे मापदण्डबारेमा सराेकारवालाकाे मागबारेमा कानुनअनुसार व्यवहारिक ढंगले समाधान गर्ने गरि प्रतिबद्ध भएकाे स्पष्ट पारिन् ।
https://www.facebook.com/bigfmpokhara/videos/2486804258232489/
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो