पोखरा । सबैभन्दा ठूलाे दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी जनप्रतिनिधि रहेकाे क्षेत्र कास्की – २ मा उनकै पत्नी विद्या भट्टराईलाई चुनावी मैदानमा उभ्याएकाे छ ।
कास्की २ रवीन्द्र अधिकारीले ह्याट्रिक जित हात पारेकाे क्षेत्र हाे । ५ वर्षका लागि रबिन्द्र नै प्रतिनिधि रहेकाे ठाउँमा अब बाँकी याेजना पूरा गर्न आफू तयार बनेर चुनावमा हाेमिएकाले जित सुनिश्चित रहेकाे उनकाे विश्वास छ । विद्यार्थी राजनीतिबाट उदाएकी भट्टराई २०५६ मा अधिकारीसँग बिहे गरेपछि क्रमश: पर्दा पछाडि पुगिन् । ठ्याक्कै २० वर्षपछि परिस्थितिले राजनीतिक मैदानमा उतारेकाे उनकाे ठम्याईछ छ ।
चुनावी घरदैलोमा व्यस्त रहेकी उम्मेदवार भट्टराईले सोमबार बिहान बिग एफ एमसँगको कुराकानीमा कसैलाई नपिरी, नचिढ्याई, गाली नगरी सबैकाे प्यारा भएर रवीन्द्रले जसरी जिते, उसैगरि काेहि प्रतिष्पर्धी पार्टी र उम्मेदवारलाई गाली नगरी चुनावी अभियान जारी राखेकाे बताईन् । दुई पार्टी एक भएर चुनावी अभियानमा हाेमिएकाले घात अन्तर्घात हुनेकुरा कल्पना समेत नगरेकाे उनकाे भनाई छ ।
रवीन्द्रकै समकालीन गगन थापाले कास्कीका चुनावी सभाहरूमा बिरासतकाे राजनीतिकाे नाममा अराजनीतिक टिप्पणी गरेकाेमा उनकाे गुनासाे छ । ‘विद्या भट्टराईकाे राजनीतिक जीवन र याेगदानबारे थाहा पाउन म गगन थापाजीलाई आग्रह गर्दछु,’ उनले भनिन्, ‘म रवीन्द्र पत्नी भएकाे कारण मात्र पार्टीले अघि सारेकाे हाेइन । म आफै सक्षम छु ।’
काँग्रेसले सेताे सारी र आँशुको राजनीति गरेकाे आरोप लगाईरहँदा उनले आफू सक्षम रहेकाे भन्दै ३० वर्षदेखि राजनीतिमा अनवरत रहेकाे बताईन् । रवीन्द्रलाई राष्ट्रिय राजनीतिमा अग्रपंक्तिमा लैजान सहयाेग पुर्याउन पर्दापछाडि रहेपनि राजनीतिबाट अलग नभएकाे स्पष्ट पारिन् ।
नेकपाकाे दुई तिहाई बहुमत सरकार, पत्नी स्वयं राष्ट्रपति हुँदासमेत २६ वर्षदेखिकाे मदन आश्रित हत्याकाण्ड रहस्यमै छ भन्ने आरोप जनस्तरबाट आईरहँदा रबिन्द्रकाे आत्मा शान्ति र न्यायकाे लागि तपाईंकाे तर्फबाट कस्ताे प्रयास रहनेछ भन्ने प्रश्नमा उनले भनिन्, ‘वाइडबडीमा रवीन्द्रकाे ठाउँमा जाे मन्त्री पुगेपनि उही आरोप लाग्थ्याे, म यो दाग हटाउन मेरो तर्फबाट जेजे गर्नुपर्छ गर्छु ।’
उनले फिर्के खाेलाकाे मापदण्डबारेमा सराेकारवालाकाे मागबारेमा कानुनअनुसार व्यवहारिक ढंगले समाधान गर्ने गरि प्रतिबद्ध भएकाे स्पष्ट पारिन् ।
https://www.facebook.com/bigfmpokhara/videos/2486804258232489/
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’