देउसी भैलोबाट संकलित रकम तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा उज्यालो घरलाई सहयोग

देउसी भैलोबाट संकलित रकम तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा उज्यालो घरलाई सहयोग

IMG_20191124_174629

तनहुँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकम तनहुँ इभेन्ट म्यानेजमेन्टले उज्यालो घर बालगृहलाई सहयोग गरेको छ ।

तिहारमा देउसी भैलो खेलेर र चौथो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा होटल संचालन गरेर संस्थाले संकलन गरेको ५० हजार ५ सय ५५ रुपैयाँ उज्यालो घरमा सहयोग गरेको संस्थाकी अध्यक्ष सरिता मगरले बताईन ।

तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेकी थिइन ।

बालबालिकाको लागी सहयोग गर्न पाउदा खुशि लागेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले बताईन । ‘सौन्दर्य प्रतियोगिता गर्नेहरु भनेर चिनिएका छौ’ अध्यक्ष मगरले भनिन ‘हामी समाजमा दु:ख पाएकाहरुलाई पनि सहयोग गर्छाैं ।’

सहारा विहिन बालबालिकाहरु लाई उज्यालो घरले सहारा दिदै आएको उज्यालो घरका सचिव अनुज बिमलीले बताए ।

संस्थालाई ठुलो आर्थिक सहयोग गरेमा तनहुँ इभेन्ट म्यानेजमेन्टलाई उज्यालो घरका अध्यक्ष सागर घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार प्रताप श्रेष्ठले अनाथ बालबालिकाको लालनपालन गर्नु एकदम राम्रो भएको बताए । अन्य सहयोगि मनहरुलाई समेत उज्यालो घरलाई सहयोग गर्न अनुरोध समेत उनले गरे ।

संस्थाले यसअघि खाद्यान्न समेत सहयोग गरेको थियो । यो बाहेक अन्य क्षेत्रमा समेत संस्थाले सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ