काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन सत्रमा हुने मार्चपासमा नेपालको झण्डा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बोक्ने भएका छन् ।
पारसले देशको लागि पु-याएको योगदानलाई कदर गर्दै सागमा नेपालको झण्डा बोक्ने अवसर प्रदान गरिएको नेपाली राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । पारसले एक महिना अघि मात्र कप्तान पदबाट राजीनामा दिएका थिए ।
‘खेलाडीले खेल जीवनमा प्राप्त गरेको सफलता र देशको शीर उच्च बनाउन पु-याएको योगदानको आधारमा ठूला खेलकुद प्रतियोगितामा देशको नेतृत्व गर्दै झण्डा बोक्न दिइन्छ । यसपटक त्यो अवसर क्रिकेटर पारसलाई प्रदान गरिनेछ । ‘झण्डा बोक्नका लागि तयारी समितिले समारोह समितिमा पारसको नाम पठाएको छ,’ राष्ट्रिय टिम तयारी समितिका संयाजक रिमबहादुर रानाभाटले भने । रानाभाट १३औं सागको डेपुटी सेफ द मिसन पनि हुन् ।
पारसकै कप्तानीमा नेपालले सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो । उनकै कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । यसैगरी सागको ओलम्पिक फ्लेम बाल्ने अवसर कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई दिइने बताइएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दीपकको नाम समारोह समितिमा पठाएको जनाएको छ । दीपक सागमा सर्वाधिक चार स्वर्ण विजेता खेलाडी हुन् ।
सागको उद्घाटन आइतबार अपरान्ह ५ः०० बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । सागको उद्घाटन भव्य हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । सागको उद्घाटन सत्रमा १५ हजार कलाकारले संघीय नेपालको सातवटै प्रदेशको कला र संस्कृति झल्कने प्रस्तुति दिनेछन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार