काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियामा देखिएको औद्योगिक मन्दीसंगै नेपाली कामदारको माग पनि घटेको छ। कोरियाको निर्यातमा आएको ह्रासका औद्योगिक क्षमता कमजोर हुदै गएकाले नेपाली कामदारको माग पनि कम हुँदै गएको छ ।
सन् २००८ देखि शुरू गरिएको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाले नेपाली श्रमिक लग्दै आएको थियो । कोरियाबाट प्रकाशित हुने कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छ । देशको समग्र औद्योगिक क्षमतामा अघिल्लो महिनाको तुलनामा अक्टोबरमा ०.४ प्रतिशतले कमी आएको छ ।
सोही अवधिमा अटो मोबाइल क्षेत्रमा ४.४ प्रतिशतले देखिएको छ । त्यसैगरी सेवा क्षेत्रमा ०.३ प्रतिशतले वृद्धि भएपनि खुद्रा व्यापारमा ०. ५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै लगानीमा ०.८ प्रतिशतले कमी देखिएको छ । कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ ।
सोही कारण त्यहाँका उद्योगले वैदेशिक कामदार कटौति गर्न थालेको छ । विदेशी श्रमिक कटौति गर्न थालेपछि त्यसको असर नेपालमा परेको हो । कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ । त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ ।
कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक’ किम सुङ्ग जाए’ को नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ । कोरियाले सन् २०१७ को भाषा परीक्षा छनोट भएर कोरिया जाने तयारीमा रहेका कृषि क्षेत्रका ७ हजार कामदारमध्ये अझै २ हजार प्रतिक्षामै रहेका छन् । त्यस्तै गरी कोरिया सरकारले कोरियामा काम गर्ने समयसीमा सकिएका नेपालीलाई स्वदेश फार्काउन आग्रह गरेको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु