मैत्रीपूर्ण फुटबलमा लायन्स क्लब अफ तनहुँ दमौली बिजयी

मैत्रीपूर्ण फुटबलमा लायन्स क्लब अफ तनहुँ दमौली बिजयी

received_426993354654349

तनहुँ । लायन्स क्लब अफ तनहुँ भानुभक्तको आयोजनामा शुक्रबार भएको मैत्रीपूर्ण फुुटबल खेलमा लायन्स क्लब अफ तनहुँ दमौली बिजयी भएको छ ।

लायन्स क्लब अफ तनहुँ दमौलीले लायन्स क्लब अफ तनहुँ व्याससिटिलाई १२-१ गोल अन्तरले हराएको हो ।

उक्त प्रतियोगितामापहिलो खेल लायन्स क्लब अफ तनहुँ भानुभक्त र लायन्स क्लब अफ तनहुँ व्याससिटि बीच भएको थियो ।

उक्त खेलमा बराबरी भएपछि पेनाल्टीबाट लायन्स क्लब अफ तनहुँ व्याससिटि बिजयी भएको थियो ।

त्यस्तै दोश्रो खेलमा लायन्स क्लब अफ तनहुँले लायन्स क्लब अफ तनहुँ दमौलीलाई वाकओभर दिएपछि लायन्स क्लब अफ तनहुँ दमौली स्वत फाईनलमा प्रवेश गरेको थियो ।

फाइनल खेल लायन्स क्लब अफ तनहुँ दमौली र लायन्स क्लब अफ तनहुँ व्याससिटि बीच भएको थियो ।

फाइनलमा लायन्स क्लब अफ तनहुँ दमौलीले लायन्स क्लब अफ तनहुँ व्याससिटिलाई १२-१ गोल अन्तरले हराएको हो । बिजयी टीमले बोका उपहार पाएका छन् ।

उक्त प्रतियोगितामा ४ वटा लायन्स क्लबहरु सहभागी रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि लायन्स डिस्ट्रिक ३२५ बि १ का निवर्तमान गवर्नर अशोक कुमार श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ