इटहरी–समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् ।
इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे । ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन। बाल समूहबाट स्थानीय स्तरमा स्थापित हुँदै कलमको माध्यमले जातिय विभेद र असमान मूल्य मान्यतालाई चिर्दै हानिकारक मनोविचार बिरुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्थापित दुवै ससक्त युवा सहकर्मी हुन् ।
बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ । तर एक ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पुरातनवाद बिरुद्दको ठूलो र सकरात्मक परिवर्तनको प्रयास हो ।
सो वैवाहिक अवसरमा दम्पतिलाई आशिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्याकर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित रहेको थियो । हर्षित मुद्रामा उपस्थिति जनाएका सम्पुर्ण समुदायका पाहुनाहरुले नवदम्पतीले अबको युवापुस्तालाई जातीय भ्रमदेखि उन्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए ।
समाजमा अहिले पनि जातीय छुवाछूत र अन्तरजातीय विवाहकै कारण मृत्युहुन पर्ने अवस्थामा आफुहरुले समाज रुपमान्तरणमा सफल र नमूना जोडीको सन्देश दिन दलित र गैरदलितबीचको मागी विवाह सुरु गरेको मिरा रेग्मीले बताइन् ।मिरालाई साथ दिदै उमेश सेन्च्युरीले भने,‘ हामीले जस्तै मागी विवाहको सुरुवात सबै युवापुस्ताले गरे ,समाजको विभेद केही हदसम्म हट्छ । ’ आठ बर्षदेखि अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसोबास गर्दै आएका नवदम्पतीद्वय सामाजिक न्यायका लागि सक्रिय छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु