प्रधानमन्त्री समयमै अस्पताल पुग्दा खतरा टरेको खुलासा, अझै एक साता अस्पतालमै राखिने

प्रधानमन्त्री समयमै अस्पताल पुग्दा खतरा टरेको खुलासा, अझै एक साता अस्पतालमै राखिने

PM-oli-health-press-meet

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले जानकारी दिएका छन् । जस अनुसार उहाँकाे स्वास्थ्य खतरामुक्त रहेकाे छ, यद्यपि अझै एक सातासम्म अस्पतालमै राखेर उपचार गरिनेछ ।

शुक्रबार प्रमकाे उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी उहाँकाे स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उहाँकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र खतरामुक्त रहेको प्रमका निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिईन् ।

‘उहाँ (प्रधानमन्त्री) को स्वास्थ्यमा हामीले सोचेभन्दा राम्रोसँग सुधार भएको छ’, डा. दिव्याले भनिन्, ‘घाउ निको हुन कम्तीमा १० दिन लाग्ने भएकाले अझै एक सातासम्म आईसियुमै राखेर उपचार गर्नेछाैँ ।’

चाँडै डिस्चार्ज गर्दा संक्रमण बल्झिन सक्ने भएर साे समस्याबाट जोगाउन एक सातासम्म अस्पतालमै राख्ने निर्णय भएकाे उनकाे भनाइ छ । एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना मृर्गाैलाकाे समस्या भएका बिरामीलाइ अरुलाई भन्दा बढी हुने भएकाले प्रमकाे स्वास्थ्यमा विशेष ध्यान दिइएकाे चिकित्सकहरूकाे भनाइ थियाे ।

अर्का डा. रमेश सिंह भण्डारीले भने संक्रमण पेटभरी फैलिएकाे जानकारी दिँदै उचित समयमै उपचार भएकाले खतरा टरेकाे बताए । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रम ओलीकाे एपेन्डिसाइटिसको अाकस्मिक शल्यक्रिया गरिएको थियो । त्यसको तीन दिनपछि चिकित्सकहरूले पत्रकार सम्मेलन गरी उहाँकाे स्वास्थ्यमा सुधार भइरहेकाे बताएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ