पोखरा । श्रीपञ्चमीको अवसर पारेर एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा।लिका सदस्यहरुले अनाथ तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाद्यान्न सामाग्रीसहित नगद सहयोग प्रदान गरेका छन् ।
पोखरा-१५, टुटुङ्गामा अवस्थित सृजनशील बालविकास बालगृहमा आश्रित १५ जना बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस् भन्ने हेतुका साथ सहयोग कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक आशिष पुरीले जानकारी दिए ।
विभिन्न कार्यक्रम मार्फत उठेको रकमको केही नगदसहित पचास हजार रुपैंया बराबरको शैक्षिक सामाग्री, लत्ता कपडा, खाद्यान्न सामाग्री लगायत प्रदान गरिएको एस.टी. क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताए । उक्त सहयोग कार्यक्रमबाट सृजनशील बालविकास संस्था आभारी रहेको संस्थाका सञ्चालक शंकर पन्थले बताए ।
देशभरका बिभिन्न ठाँउबाट बालगृहमा आश्रय लिएको र सञ्चालनका लागि आर्थिक अभाव भएका कारण संस्थालाई अन्यले पनि यसरी नै सम्झन समेत अग्रह गरे । देश तथा बिदेशका मनकारी व्यक्तित्व तथा बिभिन्न संघ संस्थाहरुको सहयोगले संस्थामा रहेका बालबालिकाहरुले आवश्यक आवश्यकता पूर्ति गर्न सहयोग पुगेको र थप सहयोगको अपेक्षा संस्थाले राखेको छ ।

सहयोग कार्यक्रममा एस.टी. क्रियशन म्यानेजमेन्ट प्रालिका निर्देशक ईनिशा दुरामगर लगायतको सहभागिता थियो । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेण्ट अयोजनासँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम, खेलकुद र सामाजिक कार्यहरु गरी सेवा प्रदान गर्दै आएको एस.टी. क्रियशन म्यानेजमेन्टले हालसम्म थुप्रै सौन्दर्य प्रतियोगिताको आयोजना गरिसकेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु