आज मुटु दुखेनस् किन ?
छोडिस् क्या हो ? मायालाई सम्झिन
जिन्दगीले ममाथि अन्याय नै गर्यो
फूललाई माया गरेको ओइलिएरै झर्यो
जुनलाई माया गरेको बादलभित्र सर्यो
उनलाई माया गरेको रुँदै हिँड्न पर्यो
नेपाली लोक संगीतमा दर्जनौं हिट गीत दिएका लय तथा शब्द संकलक शिव हमालको यस्तोे मार्मिक शब्दमा महंगी गायिका विष्णु माझी र बालाराम बिकको आवाज छ ।
साढे २ करोड भ्यूज पाइसकेको रोमाण्टिक गीत ‘लालु मै’ पछि मर्मस्पर्शी शब्दका साथ हमालले कर्णप्रिय लय भरेका छन् । हमालको आफ्नै च्यानलमार्फत सार्वजनिक भिडियोले छोटो समयमै ३ लाख बढी भ्यूज पाइसेकेको छ भने सकारात्मक प्रतिक्रिया आएको छ ।
कमल सौरागले मिठो एरेञ्ज गरेका छन् । जिन्दगीले ममाथि अन्याय नै ग¥यो भनेपनि भिडियोमा कथावस्तुमा डुबेर चर्चित मोडल शिशिर पौडेल र आयुश्मा कार्कीले न्याय गरेका छन् । साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको गीतको भिडिर्यो प्रकाश भट्टले निर्देशन गरेका हुन्।
विजय डिजिटलले अडियो भिडियोको जिम्मा लिएको हो । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले काँटछाँट गरेका छन् । गायक बालाराम विश्वकर्माले यसअघि चुलबुले चुलबुले बानी, सम्झनाको तरेलीमा लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
सम्बन्धित खबर
नवौं संस्करणको वालिङ महोत्सव सुरु
नवौं चरणको वालिङ महोत्सव आजदेखि
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान