दमौलीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार पाठकको मृत्यु

दमौलीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार पाठकको मृत्यु

tipper

किरण श्रेष्ठ, तनहुँ । टिप्परको ठक्करबाट शुक्रबार व्यास-४ बाघभञ्ज्याङ दमौलीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-६ गितानगर बस्ने ४६ वर्षिया अनिता पाठक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पाठक मोटरसाइकलको पछाडि सवार थिइन ।

तनहुँको सदरमुकाम दमौलीबाट भोर्लेटार तर्फ जादै गरेको ना ३९ प ५०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको ग १ ख ८७७८ नम्बरको टिप्परले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । टिप्पर र चालक भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds