पोखरा महानगरपालिका भित्र चल्ने यात्रुबाहक बसमा लागू भएको ई-टिकेटिङ फेरि सुरु हुने भएको छ । गएको भदौदेखि सुरु भएको ई-टिकेटिङ सिस्टम दुई महिना पनि पुरा हुन नपाउँदै कात्तिकमा बन्द भएको थियो । स्मार्ट सहरको नारा बोकेर अघि बढि रहेको महानगरले यात्रुहरु भाडमा नठगिउन भनेर ई-टिकेटिङ सिस्टम सुरु गरेको थियो ।
पर्याप्त तयारी बिना नै यात्रुबाहक बसमा ई-टिकेटिङ सुरु गर्दा दुई महिना मै बन्द गर्नुपरेको थियो । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष तथा ई-टिकेटिङ अनुगमन समितिका अध्यक्ष दर्शन लामाले यात्रुबाहक बसमा बन्द भएको ई-टिकेटिङ सिस्टम अबको दुई महिना भित्रमा पुन सुरु गर्ने तयारीमा महानगर लागेको जानकारी दिए । यसअघि ई-टिकटमा रुट नदेखिने भए पनि अब सुरुआत गर्दा ई-टिकटमा रुटमा देखिने छ । रुट तयार भइसकेपछि जिपिएसबाट अनलाइनमा जोडिनेछ ।
बीच सडकमै बस राकेर यात्रु चढाउदै आएकोमा अब बसको स्ट्यान्ड पनि घटाइने उनले सुनाए । बस स्ट्यान्ड घटाई सकेपछि बस स्ट्यान्डबाट मात्रै यात्रु चढाउने र ओराल्ने गरि मापदण्ड लागू गरिने उनले जानकारी दिए । अबको साढे दुई महिना भित्रमा रुट तयार हुने उनले बताए । रुट तयार भई सकेपछि ई-टिकेटिङ सिस्टम पुन सुरु हुने उनले बताए । ई-टिकेटिङ सिस्टम सेवाग्राहीको लागि पनि सहज हुने र स्मार्ट महानगरपालिका बनाउँन पनि भूमिका खेल्ने उनले धारणा राखे ।
सम्बन्धित समाचार:
अब पोखरामा चल्ने गाडीमा ई–टिकट, नगद होइन कार्ड बोक्नुहोस्, के हो ई–टिकेटिङ ?
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ