पोखरामा दुई महिनामै बन्द हुन पुगेको ई-टिकेटिङ प्रणाली फेरि सुरु हुने

पोखरामा दुई महिनामै बन्द हुन पुगेको ई-टिकेटिङ प्रणाली फेरि सुरु हुने

Passenger card

पोखरा महानगरपालिका भित्र चल्ने यात्रुबाहक बसमा लागू भएको ई-टिकेटिङ फेरि सुरु हुने भएको छ । गएको भदौदेखि सुरु भएको ई-टिकेटिङ सिस्टम दुई महिना पनि पुरा हुन नपाउँदै कात्तिकमा बन्द भएको थियो । स्मार्ट सहरको नारा बोकेर अघि बढि रहेको महानगरले यात्रुहरु भाडमा नठगिउन भनेर ई-टिकेटिङ सिस्टम सुरु गरेको थियो ।

पर्याप्त तयारी बिना नै यात्रुबाहक बसमा ई-टिकेटिङ सुरु गर्दा दुई महिना मै बन्द गर्नुपरेको थियो । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष तथा ई-टिकेटिङ अनुगमन समितिका अध्यक्ष दर्शन लामाले यात्रुबाहक बसमा बन्द भएको ई-टिकेटिङ सिस्टम अबको दुई महिना भित्रमा पुन सुरु गर्ने तयारीमा महानगर लागेको जानकारी दिए । यसअघि ई-टिकटमा रुट नदेखिने भए पनि अब सुरुआत गर्दा ई-टिकटमा रुटमा देखिने छ । रुट तयार भइसकेपछि जिपिएसबाट अनलाइनमा जोडिनेछ ।

बीच सडकमै बस राकेर यात्रु चढाउदै आएकोमा अब बसको स्ट्यान्ड पनि घटाइने उनले सुनाए । बस स्ट्यान्ड घटाई सकेपछि बस स्ट्यान्डबाट मात्रै यात्रु चढाउने र ओराल्ने गरि मापदण्ड लागू गरिने उनले जानकारी दिए । अबको साढे दुई महिना भित्रमा रुट तयार हुने उनले बताए । रुट तयार भई सकेपछि ई-टिकेटिङ सिस्टम पुन सुरु हुने उनले बताए । ई-टिकेटिङ सिस्टम सेवाग्राहीको लागि पनि सहज हुने र स्मार्ट महानगरपालिका बनाउँन पनि भूमिका खेल्ने उनले धारणा राखे ।

सम्बन्धित समाचार:

अब पोखरामा चल्ने गाडीमा ई–टिकट, नगद होइन कार्ड बोक्नुहोस्, के हो ई–टिकेटिङ ?

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds