रोट्रयाक्ट हाजिरजवाफ प्रतियोगिताको उपाधी कन्काई माविलाई

रोट्रयाक्ट हाजिरजवाफ प्रतियोगिताको उपाधी कन्काई माविलाई

rbt

rbt

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजना भएको स्वर्गीय राममाया राउत स्मृति रोट्रयाक्ट अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिताको उपाधी कन्काई आवासीय माविले जितेको छ ।

त्यस्तैगरि प्रतियोगितामा निर्मल मावि दोस्रो भएको छ भने ग्रिनस्टार मावी तेस्रो भएको छ ।

प्रथम, दोस्रो र तेस्रो हुने समुहले क्रमश: १५ सय, १ हजार र ५ सय नगद संगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

विद्यार्थीको ज्ञानको दायरा फराकिलो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मनोज राउतले बताए । उक्त प्रतियोगितामा सामुदायिक र निजि गरि १२ विद्यालय सहभागी थिए ।

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मनोज राउत रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा न्यौपानेले सैद्धान्तिक शिक्षा संगै विभिन्न बाह्य व्यवहारिक र ज्ञानका कुरा विद्यार्थीलाई दिनुपर्ने बताए ।

रोट्रयाक्ट क्लब अफ दमौलीका स्वर्गीय आमा राममाया राउतको सम्झानामा उक्त हाजिरजवाफ प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा सामान्य ज्ञान, खेलकुद, अडियो र फोटो राउन्ड रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ