महिला वैज्ञानिक कोरोना निको पार्ने खोप आविष्कार गर्न तल्लिन !

महिला वैज्ञानिक कोरोना निको पार्ने खोप आविष्कार गर्न तल्लिन !

corona vaccicne

चीनसहित विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको खोपको आविष्कारमा लागेका छन्। तीमध्येकी एक हुन् स्कटल्यान्डकी वैज्ञानिक डा. केट ब्रोडरिक। इबोला, जीका जस्ता भयानक रोगविरुद्ध औषधि बनाउन सफल डा. केट घातक कोरोना भाइरसविरुद्धको खोप आविष्कार गर्ने अनुसन्धानमा जुटेकी छिन्।

अहिले उनी फेरि कोरोना भाइरसविरुद्धको खोप बनाउन लागिपरेकी हुन्। उनले खोप तयार गरिसकेकी छिन्। मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ। उनले भनेकी छिन,’ आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले कोरोना भाइरसबाट बच्‍न खोप बनाउँदैछु।’

द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन्। उनी रातमा २ घन्टामात्र सुत्‍ने गरेकी छिन्। ब्रोडरिक करिब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्‍न हुँदै आएकी छिन्।

डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन्। अनुसन्धानका लागि उनको एउटा टोली छ।उनले भनेकी छिन्, ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं।’ दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएकी थिइन्।चिनियाँ अधिकारीले कोरोना भाइरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन्।

उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो। डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ